चिसो बढेसंगै भुकम्प प्रभावितहरुको जनजीवन थप कष्टकर बन्दै



काठमाडौं । भुकम्पका कारण घर भत्किएपछि त्रिपालमा बस्दै आएका भुकम्प प्रभावितहरुलाई यतिबेला मौसम प्रतिकूल बनेसंगै जन जीवन थप कष्टकर बन्दै गएको छ । चिसोको मौसम बढेसंगै अधिकांशमा रुघा खोकी, ज्वरो, निमोनिया तथा दम लगायतका समस्या भइरहेको छ । चिसो बढेसंगै भुकम्प पिडितको जनजीवन थप कष्टकर भईरहेको छ ।

विशेषत बालबालिका, बृद्धबृदा, दीर्घ रोगी, सुत्केरी महिला र गर्भवती महिलाले बढी समस्या भोग्नुपरेको हो भुकम्पका कारण जाजरकोटका ३५ हजार घरहरु पूर्णमा क्षतिग्रस्त छन भने सोही भुकम्पमा परि एक सय एक जनाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालयको तथ्याङमा उल्लेखे छ ।

यस्तै रुकुममा २७ हजार घरमा क्षति पुगेको छ भने ५३ जनाले ज्यान गुमाएका छन् । सल्यान जिल्लाका १३ सय घर बस्न नमिल्ने खालका छन् भने ३ जनाले ज्यान गुमाएको प्रहरीको तथ्याङ्क देखाएको छ ।

पहाडी भेगमा हिमपात हुदा त्यसको असर भुकम्प प्रभावित क्षेत्रमा बढ्दो रुपले परेको छ ।