नेपाल सुपर लिग : आज इलाम र पोखरा भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज स्पोर्टिङ इलाम एफसी र पोखरा थण्डर्स भिड्दै छन। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

दुवै टिमका लागि यो चौथो खेल हो । आजको खेलमा विजयी भए इलाम शीर्ष चारमा उक्लनेछ । आजको खेल जितेमा पोखरा धनगढीलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ ।