आजबाट सौराहामा मानव अधिकार सम्बन्धी नेपाल वार एसोसिएसनको राष्ट्रिय गोष्ठी सुरु

काठमाडौं । नेपाल वार एसोसिएसनको मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी आजबाट सौराहामा सुरु भएको छ । देशै भरवाट एक हजार भन्दा बढी कानुन ब्यवसायीहरुको सहभागिता रहेको सो गोष्ठीले देश भरीकै मानव अधिकारको अवस्थाका बारेमा समीक्षा गर्ने आयोजकले जनाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराईको प्रमुख अतिथिमा कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रममा वरिष्ठ अधिवक्ताहरूले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बारले मानव अधिकारको अवस्थाका बारेमा समीक्षा हुने बताउनुभयो । इजरायलमा हमासका तर्फबाट बन्धक बनाइएका विपिन जोशीको विना सर्त रिहाइको माग बारले गरेको उहाँले जानकारी दिनुभयो ।

बारले चितवन घोषणा पत्र जारी गर्दै भोलि सकिने छ । भोलि समापन कार्यक्रममा कानुन तथा संसदीय मन्त्री धनराज गुरुङ प्रमुख अतिथि हुनुहुने कार्यक्रम रहेको छ ।