परिवर्तनलाई संस्थागत गर्न दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यक छ : सुरक्षा मन्त्री भण्डारी

काठमाडौँ । युएनआइ एनएलसीको आज काठमाडौँमा आयोजित छैठौं राष्ट्रिय सम्मेलनमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिँह भण्डारीले रूपान्तरणका लागि श्रमिक, रोजगारदाता र सरकार वीचको समन्वयात्मक पहल आवश्यक पर्ने बताउनु भएको छ ।

मन्त्री भण्डारीले नेपालको परिवर्तनमा ट्रेड युनियनको भूमिका महत्त्वपूर्ण रहेको भन्दै परिवर्तनलाई संस्थागत गर्न रोजगारदाता,श्रमिक र सरकारवीच समन्वयात्मक पहलको आवश्यकता औँल्याउनुभयो ।

उहाँले ट्रेड युनियन आन्दोलन र श्रमिकको हक अधिकार सुनिश्चितताका लागि ऐन कानुनको निर्माण र समयानुकूल सुधार गर्नेकार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै व्यावसायिक तालिम प्रतिष्ठानको विकास गरिएको बताउनुभयो ।

सबै श्रमिकको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न सरकार लागि परेको समेत उहाँले बताउनुभयो ।

सम्मेलनमा, नेपालका साथै अमेरिका, स्विडेन, जापान लगायतका ट्रेड युनियन सम्बद्ध प्रतिनिधिहरुको सहभागिता रहेको छ ।