हिरासतमा चलान गरेपछि विरामीको बहानामा अस्पताल हुन्छन् ठूला व्यापारी, चौधरी पनि अस्पताला भर्ना

काठमाडौं । ठूला ठूला अपराध गर्ने व्यक्तिहरु शक्ति र सत्ताको आडमा अदालतले हिरासतमा राख्ने आदेश दिएपनि उनीहरु हिरासत पुग्ने वित्तिकै विरामी भएको बहाना गर्दछन् । विगतदेखिको इतिहास हेर्ने हो भने धेरैले विरामी भएको बहानामा अस्पताल भर्ना हुने र त्यहीबाट चलखेल शुरु गर्ने गर्दछन् । अहिले काठमाडौं महानगरपालिका वडा नं. ३ वाँसबारीको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यापारी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापा चिरायु अस्पताल भर्ना भएका छन् ।

सरकारी जग्गा हिनामिना गरेको आरोप लागेका दुवैलाई विहिबार प्रहरीले उनीहरुलाई पक्राउ गरी अदालत पेश गरेको थियो । काठमाडौ जिल्ला अदालतले उनीहरुलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

तर उनीहरुलाई हिरासतमा नराखी अस्पताल भर्ना गरिएको छ । चौधरीलाई रक्तचापको समस्या रहेको भन्दै हिरासतमा राखिएको प्रहरीले जनाएको छ । प्रहरी पक्राउ गरि हिरासतमा भन्दा अस्पताल बस्नका लागि बहाना बनाउने गरेको विज्ञहरु बताउँछन् । त्यस्तै अजितमानसिंह थापालाई भने मुटुको समस्या रहेको बताईएको छ ।

साधारण र पहुँच नभएका व्यक्तिहरु जति सुकै विरामी परेपनि हिरासतमा बस्नु पर्ने तर देश डुवाउनेहरुलाई पनि अस्पताले लगेर चलखेल गर्ने अवसर प्रदान गरेको बुझाई छ । आज दुवै आरोपीलाई अदालत उपस्थित गराएर म्याद थप गर्ने तयारी गरिँदै छ ।