सामाजिक सञ्जालमा हल्ला गर्न जानेका मन्त्री किराँतीले भ्रष्टहरु सफा गर्लान् ?

काठमाडौं । अरुले जे गरेको छ त्यही गर्नु पर्ने परिपाटीमा देखिएका नेपालका नेताहरुमा पछिल्लो समय सुदन किराँती पनि पर्दछन् । सामाजिक सञ्जालमा विभिन्न खाले रमिता देखाउन उनी खप्पिस देखिएका छन् । काम गर्नेहरुले त काम सहित सामाजिक सञ्जालमा राख्नु स्वभाविकै होला । तर मन्त्री किराँतीले शुक्रबार विहानै मन्त्रालयमा सफा गरेको तस्वीर राखेर हल्ला गर्न भने भ्याएका छन् ।

यो देशको मन्त्रीले मन्त्रालय पुगेर कार्यालय सहयोग साथमा राखेर सफा गरेको तस्वीर सामाजिक सञ्जालमा हाल्दैमा काम गरेको देखिने भने पक्कै होइन । मन्त्री किराँतीको सचिवालयमा कार्यरत कर्मचारी थप समय र काम गर्ने भन्दै ५० प्रतिशत भत्ता असुल्दै आईरहेका छन् । भने मन्त्री किराँती सफा गरेको नाटक गरिरहेका छन ।

मन्त्री किराँतीले मन्त्री भएदेखि अहिलेसम्म गरेका उत्कृष्ट काम के हो भन्ने होे भने देखिन मुश्किल नै परेको छ । उनी अघिका मन्त्री प्रेम आलेले पशुपति विकास कोषको जग्गामा भारतीय प्रधानमन्त्री मोदीको सहयोगमा बनेको धर्मशाला बतास समूहको होटल वन्द गराएर धर्मशाला नै बनाउने भनेको थिए । तर अहिले सो स्थानमा होटल नै चलिरहेको छ । पशुपति विकास कोषमा गरेको नियुक्ति पनि गैरकानूनी भन्दै अदालतले अन्तरिम आदेश दिएको छ ।

मन्त्री किराँतीको भुँई सफा गर्ने तस्वीर आज मात्र होइन अव सँधै नै देख्न पाईयोस । देश बनाउने काम र देशको फोहोर र आफ्नो मन्त्रालमा रहेका फोहोर सोच भएका भ्रष्टहरुलाई फाल्न नसके पनि आफ्नो कार्यकक्षको फोहोर भने पक्कै फाल्न सक्ने छन् ।