काठमाडौँ । दुग्ध विकास संस्थानका महाप्रवन्धक सञ्जिव झालाई शुक्रबार कार्यकक्षमा कालोमोसो लगाईएको छ । क्रान्तिकारी युवा संगठनका कार्यकर्ताहरुले झालाई कार्यकक्षमा प्रवेश गरी कालोमोसो दलेका हुन् । केही समय अघि मात्र कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले झालाई मन्त्रालय तानेका थिए । मन्त्रीले गैरकानुनी ढंगले आफूलाई मन्त्रालय तानेको भन्दै झाले अदालतबाट अन्तरिम आदेश लिएर काममा फर्केका थिए ।
आफूलाई संगठनका केन्द्रीय सदस्य बताउने निरमान तामाङले झालाई कार्यकक्षमा पुगेर कालोमोसो दलेका हुन् । कालोमोसो दल्ने क्रममा हात हालाहालको अवस्था समेत भएको बताइएको छ । झालाई कार्यकक्ष मै कालोमोसो दल्दा पनि कर्मचारी संगठनहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन ।
Add Comment