इन्धनबाट चालिस अर्ब सडक मर्मत शुल्क

काठमाडौँ । आठ वर्षको अवधिमा पेट्रोलियम पदार्थबाट सडक मर्मत शुल्कबापत ४० अर्ब रुपियाँ सङ्कलन भएको छ । नेपाल आयल निगमले आर्थिक वर्ष २०७२ र ७३ देखि आव २०७९ र ८० सम्म ४० अर्ब २८ करोड रुपियाँ सङ्कलन गरेको हो । यस अनुसार बर्सेनि औसत पाँच अर्ब रुपियाँ शुल्क उठ्ने गरेको हो । सरकारले सडक मर्मत दस्तुरबापत प्रतिलिटरमा पेट्रोलमा चार रुपियाँ र डिजेलमा दुई रुपियाँ सङ्कलन गर्छ जुन सिधै सरकारको खातामा जम्मा हुने गर्छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भन्सारबिन्दुमै सडक मर्मत दस्तुर सङ्कलन गरी सरकारको खातामा जम्मा हुने गरेको जानकारी दिए । यो रकम सरकारले सडक मर्मतसम्भारमा खर्च गर्ने गरेको उनको भनाइ छ ।

निगमका अनुसार आव २०७२र७३ मा सडक मर्मत शुल्कबापत दुई अर्ब ५३ करोड रुपियाँ सङ्कलन भएको थियो । यस्तै आव २०७३र७४ मा चार अर्ब २५ करोड रुपियाँ, आव २०७४र७५ मा पाँच अर्ब १३ करोड रुपियाँ सङ्कलन भएको छ ।

यस्तै आव २०७५र७६ मा पाँच अर्ब ७० करोड रुपियाँ, आव २०७६र७७ मा चार अर्ब ९९ करोड सङ्कलन भएको छ । निगमका अनुसार आव २०७७र७८ मा पाँच अर्ब ७५ करोड रुपियाँ, आव २०७८र७९ मा छ अर्ब ४७ करोड रुपियाँ र आव २०७९र८० मा पाँच अर्ब ४७ करोड रुपियाँ सङ्कलन भएको छ ।

प्रत्येक वर्ष सङ्कलन गरिने सडक मर्मत शुल्कका कारण उपभोक्तालाई इन्धन खरिद गर्न महँगो पर्ने गर्छ । निगमले भारतबाट पेट्रोलियम पदार्थ आयात गरी विभिन्न शीर्षकमा लगाइएको कर कटाएर बजारमा उपभोक्ता मूूल्य निर्धारण गर्छ । पेट्रोलियम पदार्थमा सरकारले पूर्वाधार शुल्क, वातावरण शुल्क, भन्सार शुल्क, मूल्य अभिवृद्धि कर, आयकरबापत शुल्क सङ्कलन गर्ने गरेको छ ।