काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ । प्रतिनिधिसभा संसद को सोमबार बसेको बैठकमा एमाले सांसदहरुले आ–अफ्नो स्थानमा उभिएर नाराबाजी गरेका हुन् । उनीहरुले सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरुलाई कारबाही गर जस्ता नारा लगाएका थिए ।
विपक्षी दलहरुले ६ फागुनयताका हरेक बैठकमा विवादमा मुछिएका मन्त्रीहरुको राजीनामा माग गर्दै आएका छन् । १३ पुसमा भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला पनि दोषी रहेको प्रतिवेदन जाँचबुझ समितिले बुझाएपछि विपक्षीहरुले उनको राजीनामा मागेका हु्न् । त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रभण्डले प्रतिवेदन बुझेपछि अध्ययन गरेर कार्यान्वयन गर्ने बताएका थिए ।
तर अहिलेसम्म कुनै निर्णय भएको छैन । विपक्षी दलहरुले भने मन्त्री ज्वालाले राजीनामा दिनुपर्ने, नभए बर्खास्त गर्नुपर्ने माग गरेका छन् । एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटनमन्त्री सुदन किरातीका साथै त टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका स्वास्थ्यमन्त्री मोहन बस्नेतमाथि समेत प्रश्न उठाएको छ । संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोलेका एमाले सांसद गोकुल बास्कोटाले विवादित मन्त्रीहरुले तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज पीडित, लघुवित्त पीडितको समस्या सम्बोधन गर्न र दुग्ध किसानको भुक्तानी दिन माग गरेका छन् । नभए संसदको अर्कोदेखि राप्रपाले संसद अवरुद्ध गर्ने उनको चेतावनी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले संसदमा आएर जवाफ दिन मन्त्रीहरुलाई केले रोकेको छ भनेर प्रश्न गरे । ‘यदि जवाफ दिन सक्ने आधार छन्, आरोप निराधार हुन् भने सार्वभौम संसदमा उभिएर भन्न केले रोक्यो रु’ उनले भने, ‘सभामुखले सरकारले बुझ्ने र सुन्ने गरी रुलिङ गर्नुप¥यो ।’
लगतै सभामुख देवराज घिमिरेले बैठकलाई नियमित कार्यसूचीमा लैजान खोजेका थिए ।
तर एमाले सांसदहरु आआफनो स्थानमा उभिएर विरोध गरे । सभामुखले रुलिङ नगरेपछि एमाले सांसदहरुले आ आफ्नो स्थानमै उभिएर ‘विवादिन मन्त्रीहरुले राजीनामा दे’, मिटरब्याज पीडितलाई न्याय दे, सभामुखको रुलिङ कार्यान्वयन गर जस्ता नारा लगाएर नाराबाजी गरेका छन् ।
प्रमुख विपक्षी सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।
Add Comment