भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति

काठमाडौं । नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्व भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताएका छन्।

सोमबार निधन भएका आचार्यको पार्थिव शरीर मङ्गलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले यस्तो बताएका हुन् ।

उनले नेपाली साङ्गीतिक जगतका सुविख्यात नक्षत्रको क्षति भएको बताए । उनले स्व आचार्यले नेपाली भजनलाई नयाँ आयाम दन सफल व्यक्तिको रूपमा चिन्ने गरेको पनि जानकारी दिए ।

अध्यक्ष ओलीले भने, ‘‘नेपाली साङ्गीतिक जगतका एउटा सुविख्यात नक्षत्र, नेपाली भजनलाई नयाँ आयाम दन सफल भजन शिरोमणिको उपाधिबाट विभूषित, जनस्तरमा अत्यन्त लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र सङ्गीत, गायनको क्षेत्रमा असाधारण योगदान पुर्‍याउनु हुने भक्तराज आचार्य हामीमाझ रहेनन्, यो अत्यन्त दुःखको कुरा हो र अपूरणीय क्षति हो ।’’

अध्यक्ष ओलीले भजन शिरोमणिको उपाधिबाट विभूषित आचार्य जनस्तरमा लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र सङ्गीत, गायनको क्षेत्रमा असाधारण योगदान पुर्‍याउनु भएको बताए ।