राजनीतिमा ठग र छट्टुहरु हावी भए: गगन

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीतिमा ठग र छट्टुहरुको हावी  भएको बताउनु भएको छ ।

नविन्द्रराज जोशीको तेस्रो पुण्यतिथिमा आयोजित नेपालको लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी विषयक अन्तरक्रिया कार्यक्रमलाइ संबोधन गर्दै महामन्त्री थापाले नेपालको राजनीतिमा ठग र छट्टुहरुको हावी भएको भन्दै योग्य र इमान्दार मानिसहरुको आवास्यकता औल्याउनुभएको हो ।

नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले इमान्दारीता र शिद्धान्तको राजनीति गर्ने गरेको उल्लेख गर्दै महामन्त्री थापाले नेपाली राजनीतिमा गति र मति सहितका नेताहरुले मात्र मुलुकलाइ सही दिशामा अघि बढाउन सक्ने बताउनुभएको हो ।

उहाँले मुलुकमा समग्र रुपान्तरणका लागि उत्तेजना नभइ चेतना सहितको राजनीतिको खाँचो औल्याउनुभएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु प्रदीप पौडेल, प्रतिमा गौतम, सबुज बानिया लगाएतले पार्टीको समग्र हितका लागि जोशीको राजनीतिक इमान्दारितालाइ अबलम्बन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, प्राध्यापक कृष्ण खनाल तथा बरिष्ठ पत्रकार राजेन्द्र दाहालले अध्ययनशील र विषयबस्तु माथि सुझबुझ राख्ने जोशीको पथलाइ मार्गनिर्देशनका रुपमा लिनुपर्ने बताउनुभयो ।