चार रुपैयाँले बढ्यो पेट्रोलको भाउ

काठमाडौँ । थोरै बढेपनि धेरै बढाउने तर धेरै घटपनि थोरै घटाएर टन्न मोटाएर उपभोक्तालाई थिचिरहने सरकारी संस्था हो नेपाल आयल निगम । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनबाट बढेर आएको मूल्य भन्दै सोमबार विहानदेखि लागू हुने गरी चार रुपैयाँले प्रतिलिटर पेट्रोलको मूल्य बृद्धि गरेको छ ।
आईतबार बसेको आयल निगमको बैठकले स्वचालित मूल्य भन्दै पेट्रोलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आइतबार ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि मृल्य बढाएको निगमले जनाएको छ ।