को को थिए सिमलतालमा खसेको सवारीका यात्रुहरु

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका –२९ सिमलतालमा खसेको पहिरोले बगाएकोमध्ये एउटा गाडीमा २४ जना रहको खुलेको छ। वीरगन्जबाट काठमाडौं आउँदै गरेको एन्जल डिलक्सको प्रदेश ०३००६ ख १५१६ नम्बरको बसमा एक जना चालक र दुई सहचालकसहित २४ जना सवार रहेको खुलेको हो।

एन्जल डिलक्सको वीरगन्ज टिकट काउन्टरका कर्मचारी प्रेम साहका अनुसार बिहीबार बेलुका ८ वीरगन्जबाट काठमाडौंका लागि छुटेको थियो। बसमा पिपरा भन्ने ठाउँका प्रकाश कटेलको नाममा एउटा, भारतीय नागरिक अन्सारीले दुइटा, वीरगन्जका अर्विन पुर्वेले एउटा, भारतीय नागरिक सन्तोष ठाकुरको एउटा, भारतीय नागरिक सुरेन्द्र शाहीको नाममा एउटा सिट बुकिङ भएको थियो।

त्यस्तै, भारतीय नागरिक भाविद मिया एउटा, वीरगन्जका हरेन्द्र पण्डितले एउटा, भारतीय नागरिक सुनिल शाहको नाममा एउटा, बाराको परमानन्द पण्डितको नाममा एउटा, पर्साको विद्यानन्द नारायण राउतको नाममा तीन वटा, भारतीय नागरिक सनवाज एउटा, रघुनाथपुरका सलमान मियाको नाममा दुइटा, पर्साका रैफुल आलमको नाममा दुइटा र पर्साको सुजित जी नाममा २ वटा सिट बुकिङ भएको शाहले जानकारी दिए।

उनका अनुसार बस जवाही महतोले चलाएका थिए भने राजकुमार लामिछाने र चौधरी थर भएका एक युवक सहचालक थिए। उनीहरू कोही पनि कम्पनीको सम्पर्कमा नआएको शाहले बताए। ुयात्रुहरूले टिपाएको सबै नम्बरमा फोन गर्ने कोशिष गर्‍यो तर सम्पर्क भएन। चालक र सहचालकको पनि अवस्था त्यस्तै छ। आफन्तहरूले पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन्,ु उनले भने।

शुक्रबार बिहान करिव साढे ३ बजेतिर चितवनको नारायणगढ(मुग्लिन सडकखण्डमा पहिरोल दुईवटा बस खसेको छ। अर्को बसबारे अन्य विवरण खुलेको छैन।

ताजा अपडेट