देशभरका कार्यकर्तालाई बोलाएर मंगलबार बालुवाटार घेर्दै रास्वपा

काठमाडौं । आफ्नो पार्टीका सभापतिलाई विभिन्न आरोप लगाएर हिरासतमा राखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्याकर्ता अहिले आन्दोलनमा उत्रिएका छन् । पोखरा, बुटवल हुँदै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको रास्वपाले अव भने देशैभरका कार्यकर्ता बोलाएर बालुवाटार केन्द्रित आन्दोलन गर्ने भएको छ । पार्टीले आफ्नो सभापतिमाथिको राजनीतिक प्रतिशोध विरुद्धको आन्दोलन प्रधानमन्त्रीको सरकार निवास घेर्ने गरी योजना तयार गरेको छ ।

आइतबार राती सो पाटीले मंगलबार दिउँसो १२ बजे काठमाडौंमा आयोजना गर्ने भनिएको आन्दोलन बालुवाटार प्रधानमन्त्री निवास केन्द्रित हुने भएकाले देशैभरका कार्यकर्तालाई बालुवाटारमा उपस्थितिका लागि सर्कुलर समेत गरेको छ।