काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा भएका छन् ।
बुधबार थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
अदालतको उक्त आदेशानुसार उनी बैंक ग्यारेन्टीमा धरौटी बुझाएर रिहा भएका हुन् । काठमाडौं जिल्ला अदालतको आदेश पछि अब लामिछाने हिरासत बाहिरै बसेर मुद्धा लड्न पाउने छन् ।
कास्कीकाे सूर्यदर्शन सहकारीकाे रकम अपचन गरेको मुद्धामा उनी प्रहरी हिरासतमा रहेको ८४ दिन पछि ६५ लाख धराैटीमा रिहा भएका थिए ।
सहकारी ठगी प्रकरणकाे विषयमा लामिछानेविरुद्ध अन्य जिल्लाहरुमा पनि मुद्धा परेकाे छ । जहाँ जहाँ मुद्धा परेको छ त्यही हाजिर हुन उनी जानेछन् ।
Add Comment