नेपाल–पाकिस्तान मैत्रीको दशौं संस्करण सम्पन्न

काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत एच.ई.अबरार एच हाश्मीले नेपाल र पाकिस्तान दुई देशका युवाहरुलर्य एकतावद्ध बनाउन पाकिस्तान– नेपाल टी ट्वाण्टी क्रिकेट टुर्नामेण्ट महत्वपूर्ण रहेको बताएका छन् । फेब्रुअरी ६ देखि शुरु भएको नेपाल पाकिस्तान मैत्री पाकिस्तान– नेपाल टी ट्वाण्टी क्रिकेट टुर्नामेण्टको दर्शौ संस्करण समापन कार्यक्रममा राजदूत हाश्मीले सो कुरा बताएका हुन् ।

टुर्नामेण्टमा हिमालयन क्रिकेट एकेडेमी विजयी भएको थियो भने एङ्गल्च स्पोट्र्स एकेडेमी उपविजेताका भएको थियो सो प्रतियोगितामा विभिन्न क्लवका १२ टोलीले भाग लिएका थिए । कार्यक्रममा राष्ट्रिय खेलकुद् परिषदका उपाध्यक्ष धु्रव आचार्यले विजेतालाई ट्रफी प्रदान गरेका थिए ।

कार्यक्रममा नेपालका लागि इजिप्टका राजदूत सुश्री नोहा हाम्दी अहमद एल्जेबाली, नेपालका लागि चीनका राजदूत चेन सोङ, बंगलादेश दूतावासका कार्यवाहक श्री हुमायुन कबीर, चीन दूतावासका राजनीतिक तथा मिडिया निर्देशक श्री यु पेङ्चेङ, लगायत उपस्थित थिए ।