काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ८ स्थित पशुपति क्षेत्रमा मनाईने ऐतिहासिक तथा धार्मिक जात्रा बत्सलेश्वरी जात्रा मार्गमा रहेको सार्वजनिक जग्गामा फल्चा निर्माण हुने भएको छ ।
फल्चा निर्माणका लागि सोमबार वडा अध्यक्ष आशामान संगत तथा वडा सदस्य सलोनी पराजुली र सरस्वती राजभण्डारीले संयक्त रुपमा शिलान्यास गरेका हुन् ।
पशुपति क्षेत्रमा मनाईने सवै भन्दा ठूलो र लामो जात्राका रुपमा माता वत्सलेश्वरीको जात्रालाई लिने गरिन्छ । बत्सलेश्वरीको नाममा कतै पनि डवली र फल्चा नभएको जानकारी दिनु हुँदै वडा अध्यक्ष आशामान संगतले रथ रोक्ने डवली पशुपतिमा भएको तर फल्चा नभएले अतिक्रमित जग्गा संरक्षण सहित स्थानीयहरुकै चाहना अनुरुप सो स्थानमा बत्सलेश्वरी फल्चा निर्माण गर्न लागिएको जानकारी दिए । बत्सलेश्वरी फल्चा निर्माणले एउटा नयाँ सम्पदा थप्न सफल भएको र पार्वतीको स्वपमा वत्सलेश्वरी जात्रा मनाईने भएकाले पनि प्रसाद ग्रहण गर्ने स्थानमा रुपमा फल्चा निर्माण हुन लागेको हो । वडा भित्र बनेका अन्य फल्चाहरु जस्तै दाची ईटा सहितको काठबाट परम्परागत मौलिक शैलीमा फल्चा सहितको डवली निर्मण गर्न लागिएको अध्यक्ष संगतको भनाई छ ।
दूई आना क्षेत्रफलमा निर्माण हुन लागेको सो फल्चाको लागत मुल्य करीव ४० लाख रहेको छ भने ३ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
Add Comment