काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २२को आयोजनामा आगामी असार ६ र ७ गते मिस्टर महानगर बडिविल्डिङ्ग च्याम्पियनसिप २०८२ हुने भएको छ । वडा कार्यालयले व्यायाम गरौं, स्वस्थ रहौं भन्ने मूल नारा सहित खुल्ला बडिविल्डङ्ग प्रतियोगिता गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
सो प्रतियोगिताका बारेमा जानकारी दिने उदश्यले आयोजित पत्रकार सम्मेलनमा काठमाडौं महानगरपालिका वडा २२ का अध्यक्ष चिनिकाजी मर्हजनले रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्दै नदिनका लागि विभिन्न शारीरिक अभ्यास महत्वपूर्ण हुने बताए । त्यसका लागि काठमाडौं महानगरपालिकाले खेल मैदान निर्माण गर्नुका साथै विभिन्न सार्वजनिक पार्कहरुमा व्यायासशालाहरु स्थापना गर्नुको साथै योग शिविर लगायका स्वास्थयसँग सम्वन्धित क्रियाकलापहरु सञ्चालन गर्दै आईरहेको उनले जानकारी दिए ।
शारीरिक सुसंगठनका खेल जित्नका लागि भन्दा पनि आफ्नो स्वास्थ्य लाभको लागि स्वास्थ्यलाई स्वस्थ राख्न सकिन्छ भन्ने सचेतना गराउनका लागि पनि प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष महर्जनको भनाई थियो ।
वडा कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक ईश्वर श्रेष्ठले काठमाडौं महानगरस्तरीय बडिविल्डिङ्ग प्रतियोगिताको प्रक्रियात एवं खेलका विषयमा जानकारी दिएका थिए । वडा कार्यालयले नेपाल शारीरिक सुसंगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुसंगठन तथा फिटनेश संघको प्राविधिक सहयोगमा सञ्चालन गर्न लागेको प्रतियोगितामा छ तौल समूहमा खेल खेलाईनेछ । जसअन्तर्गत ५५ केजी, ६० केजी, ६५ केजी, ७० केसी, ७५ केजी र ७५ भन्दा माथिको तौल समूहमा प्रतिष्पर्धा गराइने छ ।
पज
प्रतिष्पर्धामा पहिलो, दोश्रो र तेश्रो हुनेलाई क्रमश स्वर्ण सहित ७५ हजार, रजत पदक सहित ५० हजार र कास्य सहित २५ हजार पुरस्कार प्रदान गरिने छ ।
Add Comment