काठमाडौं । गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त भएका छन्।
सर्वोच्च अदालतले ज्यान मार्ने प्रयासको मुद्दामा दोषी ठहर भइसकेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङेलाई पदमुक्त गर्ने निर्णय गरेको छ।
प्रधानन्यायाधीश हरु सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा. कुमार चुडाल सम्मिलित संवैधानिक इजलासले फौजदारी मुद्दामा दोषी ठहर भइसकेकाले गुरुङलाई उम्मेदवार बन्न समेत अयोग्य ठहर गरेको छ।
अदालतले गुरुङलाई आजको मितिबाट लागू हुने गरी प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णय सुनाएको छ।गुरुङ सन् २००४ को वैशाख १३ गते काठमाडौँको महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन भनेर चिनिने मिलन गुरुङमाथि भएको खुँडा प्रहार घटनामा संलग्न रहेका थिए।
खुँडा प्रहारका कारण चक्रे मिलनको बायाँ हात पूर्ण रूपमा छिनिएको थियो। उनलाई तत्काल त्रिवि शिक्षण अस्पतालमा पुर्याई उपचार गरिएको थियो। घटनापछि चक्रे मिलनकी पत्नी इन्दिरा गुरुङले प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन्।
निर्वाचनसम्बन्धी प्रचलित कानुन अनुसार मनाङ–२ निर्वाचन क्षेत्रमा अब उपनिर्वाचन गरिनेछ। निर्वाचन आयोगले प्रक्रिया अघि बढाउनेछ।
Add Comment