काठमाडौं । जुन जोगी आएपनि कानै चिरेका भने जस्तै देखियो फागुन २१ गते हुन लागिरहेको आमनिर्वाचन प्रयोजनका लागि राष्ट्रिय स्वत्नत्र पार्टीले पेश गरेको वन्द सूचिका नामका कारण । त्यही भएर अहिले पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिकको बन्नसूचीप्रति आपत्ति जनाएकी छन् । पार्टीले समानुपातिकको अवधारणाविपरीत सूची पेस गरेको बताउँदै कार्कीले आफन्तवाद र नातावादको अन्त्य गर्न माग गरेकी छन् ।
राश्वपाले निर्वाचना आयोगमा बुझाएको समानुपातिक तर्फको वन्द सूचिमा बालेनका सहकर्मीदेखि कुलमानका नातेदारसम्म परेपछि कार्कीले नातावात र आफन्तवाद भयो भन्दै आपत्ति जनाएकी हुन् । उनले समानुपातिकले निषेध नभई समावेश गराउनु पर्ने बताउँदै रास्वपाले पेस गरेको सूचीले समानुपातिक प्रणालीको औचित्यमाथि नै प्रश्न गरेको बताएकी छिन् ।
मध्यराति सामाजिक सञ्जाल फेसबुकमा कार्कीले लेखेकी छन्, ‘समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरुले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो । सूचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ । सूचीले कर्णाली बोल्नुपर्छ । सुदूरपश्चिम बोल्नुपर्छ । सूचीले गाउँ बोल्नुपर्छ । तर, पार्टीको नेतृ्त्वका आफन्तहरु र पार्टीको भाइटल पोष्टमा हुनेहरु नै समानुपातिक सूचीको लागि आकाङ्क्षि हुनु र त्यही आफ्नो स्पेस बनाउनुरबनाइनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छ। समानुपातिकले समावेश गराउनुपर्छ निषेध होइन ’
उनले पार्टीका पदाधिकारीहरुलाई समानुपातिकमा राखिएकोप्रति पनि असन्तुष्टि व्यक्त गरेकी छन् । उनले पार्टीले प्राइमरी भोटिङको धज्जी उडाएको आरोप लगाएकी छन् ।


Add Comment