पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृशोक

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ। ओलीका पिता मोहन ओलीको गएराति ९६ वर्षको उमेरमा भक्तपुरको गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो। पिता ओली केही समयदेखि अस्वस्थ रहनुभएको बताइएको छ।

उनको पार्थिव शरीर ओली निवास गुण्डु लगिने तयारी गरिएको छ भने आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।