काठमाडौ भ्यु टावरका ठेकेदार मनोज भेटवाल अख्तियारको फन्दामा

काठमाडौं । पटक पटक प्रहरीको पक्राउमा पर्ने र विभिन्न शक्तिका कारण बाहिरिने गरेका ठेकेदार मनोज भेटवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

विभिन्न बैक तथा वित्तिय संस्थालाई ठगी गर्दै आईरहेको भेटवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैकिङ्ग कसुरमा पक्राउ गरी विशेष अदालतमा पेश गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन् ।

प्रभु वैक, एनआईसी एसिया वैक र तत्कालिन एपेकस वैकलाई समेत ऋण भुक्तानी नगर्दा कालोसूचिमा परेका भेटवालले गतवर्ष खुल्लामञ्च कब्जा गरी सटर राखेका थिए । चर्को विवाद पछि काठमाडौं महानगरपालिकाले भेटवाले खुल्लामञ्च कब्जा गरी निर्माण गरेको अस्थायी सटर सहितको टहरा भत्काएको थियो ।