काठमाडौं आउनेलेले स्थानीय तहले तोकेको क्वारेण्टाईनमा बस्नु पर्ने

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको वैठकले काठमाडौं उपत्यका प्रवेश गर्नेहरुलाई स्थानीय तहले तोकेको क्वारेण्टाईन वा होम आईसोलेसनमा बस्नु पर्ने नियम बनाएको छ ।

वैठकले बैशाख १६ गतेदेखि लागू हुने गरी एक साताका लागि गरेको निषेधाज्ञा गर्ने निर्णय पनि गरेको छ । सो अवधिमा आकस्मिक र अत्यावश्यक सेवा वाहेक सवै गतिविधि वन्द हुने छ ।