भेन्टिलेटर बढाउने होइन संक्रमण घटाउने तर्फ लागौ : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भेन्टिलेटर र आईसियुको संख्या बढाउनेत तर्फ नभई कोभिड संक्रमतिहरुको संख्या घटाउन तर्फ लाग्नु पर्ने धारणा व्यक्त गरेका छन् । काठमाडौं उपत्यकामा कोभिड संक्रमितहरुको संख्या बढ्दै जाँदा भेण्टिलेटरको अभाव हुन थालेपछि त्रिवि शिक्षण अस्पताललाई २ करोड ९ लाख बराबरको १० थान भेन्टिलेटर प्रदान गर्दै उनले सो कुरा बताएका हुन् ।

शनिबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा. डा दिनेश काफ्लेलाई भेन्टिलेटर अनुदानका रुपमा प्रदान गर्नु भएको हो ।

भेन्टिलेर हस्तान्तरण कार्यक्रममा प्रमुख शाक्यले महानगर संक्रमण रोकथाम र नियन्त्रणका लागि सक्रिय रहेको बताउनु हुँदै संक्रमण हुनबाट बचाने तर्फ आफूहरु केन्द्रित रहेको शाक्यको भनाई थियो ।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. काफ्लले महानगरका प्रमुख अस्पतालमै आएर सहयोग गरेपछि आफूहरु महामारी विरुद्ध लड्न थप उत्साहित भएको बताए । ‘अस्पतालमा अहिले दैनिक ५ हजार लिटर अक्सिजन खपत भइरहेको छ । जसमध्ये २ हजार लिटर आन्तरिक प्रणाली र ३ हजार लिटर बाह्य उत्पादनबाट व्यवस्थापन गरिएको र यसको माग अझै बढ्दै गएको छ ।’ कार्यकारी निर्देशक काफ्लेको भनाइ थियो ।
कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. दिव्या सिंह शाह, वडा ३ का अध्यक्ष दिपक के. सी. लगायत अधिकारीहरु सहभागी थिए ।