प्रचण्डलाई घरमा कति शान्ति होला ?

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको आज वैवाहिक वर्षगाँठ हो । उनलाई वैवाहिक वर्षगाँठको शुभकामना दिँदै उनकी छोरी गंगा दाहालले सामाजकि सञ्जालमा एक mोटो सेयर गरेकी छन् । जसमा प्रचण्ड निकै भावुक मुद्रामा देखिएका छन् । दशवर्षे जानयुद्धका दिनमा सायदै प्रचण्ड यति भावुक देखिए ।

 

उनको मुखमा सो तस्बीर खिच्दाको समय कुनै कान्ति छैन । प्रचण्डपत्नी सीता लामो समयदेखि बिरामी छन् । उनको अवस्था एकदमै मायालाग्दो रहेको छ । यस्तो अवस्थामा पनि प्रचण्डलाई वैवाहिक वर्षगाँठ मनाउन पर्ने भयो । छोरीहरु र आफन्तको खुशीको लागि प्रचण्डले एनिभर्सरी नमनाई पनि भएन । तर, उनलाई घरमा कुनै शान्ति छैन ।