माधव नेपाल समूहले सामुहिक राजिनामा दिने ?

काठमाडाैं । आज एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले सामुहिक राजिनामा दिने भनिएको अन्तिम दिन हो । यसैबीच नेपाल समूह सामुहिक राजिनामाको तयारी गर्दै छ । खनाल-नेपाल समुह का सांसदहरू राजीनामा दिने तयारीमा रहेकाे बताइएकाे छ  ।  खनाल-नेपाल समुहले पार्टी एकताका लागि अल्टिमेटम दिए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि खनाल नेपाल समूहका सांसदहरू सामूहिक राजीनामा दिन  तयारी गरेका हुन् । राजिनामा भएकाे खण्डमा प्रधानमन्त्रीकाे विश्वासकाे मत कमजाेर हुनेछ । यद्यपि संसदीय मर्यादाकाे ख्याल नगर्ने प्रधामन्त्रीलाई  यसले खासै असर नगर्ने हुनसक्छ ।