बाँकेमा एकै दिन कोरोनाका कारण १२ जनाले ज्यान गुमाए

बाँके ।  बाँकेमा गएराति मात्रै १२ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा बाँकेका ५ जना, बर्दियाका ६ जना र रुकुमका एक जना रहेका जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले जनाएकाे छ ।

 

भेरी अस्पताल नेपालगञ्जमा १० जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जना र एक जनाको होम आइसोलेशनमै ज्यान गएको हो । बाँकेमा अहिलेसम्म जिल्ला भित्रका एक सय ९६ जना र जिल्ला बाहिरका एक सय ४८ जना गरी तीन सय ४४ जना कोरोना संक्रमतिको ज्यान गइसकेको छ ।

 

विगतमाभन्दा काेराेनाका कारण बाँकेमा मृत्युदर बढ्दै गएकाे बताइएकाे छ । सर्वसाधारणलाई स्वास्थ्य मापदण्डकाे पालना गरिदिनुहुन अस्पतालहरूले अपिल गरेका छन् ।