नेपालमा एक लाख अधिक सक्रिय संक्रमित

काठमाण्डौं । नेपालमा काेराेनाका भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा नाै हजार तीन सय पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार ६ सय ३४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसाेलेशनमा सात हजार दुई सय ९१ जना र होम आइसाेलेशनमा मात्रै ९४ हजार तीन सय ९४ जना रहेका मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।  यस्तै पछिल्लाे २४ घण्टामा नाै हजार तीन सय पाँच जना सङ्क्रमित थपिएका छन् भने थप एक सय ६८ जनाकाे ज्यान गएकाे छ । यस्तै २४ घण्टामा चार सय ४४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।