वैदेशिक व्यापार घाटामा चुर्लुम्म डुबेकाे छ नेपाल

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को ९ महिनाको वित्तिय विवरण अनुसार नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब १७ अर्ब माथि रहेको देखाएको छ ।
राष्ट्र बैंकको ९ महिना (साउनदेखि चैतसम्म) को तथ्याङ्क हेर्दा समिक्षा अवधिमा कुल ११११ अर्ब ४० करोड रुपैयाँको वैदेशिक मालसामानको आयात भइरहँदा यता नेपालबाट जम्मा ९४ अर्ब ७७ करोडको मात्र निर्यात भएको छ ।  यद्यपि गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा अधिकतम अधिकतम २०.२ प्रतिशतले निर्यात वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । जबकी गत वर्षको सोही अवधिमा यस्तो निर्यात १२.९ प्रतिशतले मात्र वृद्धि भएको बैंकले जनाएको छ ।

 

यस अवधिमा नेपालबाट निर्यात हुने सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), परिश्मना लगायतका वस्तुहरुको निर्यातदर बढ्दा प्रतिशत समेत बढ्न गएको बैंकले जनाएको छ । यद्यपी सो अवधिमा निर्यात वस्तुहरुमै अग्रणी मानिदै आएको पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतको वस्तुमा भने समिक्षा अवधिमा अनपेक्षित गिरावट आएको राष्ट्र बैंकले बताएको छ ।