भातीय दुतावासमा किन टुपुल्किरहन्छन् राजेन्द्र महन्थ ?

जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र  महतोलाई अहिले भारतीय दुतावासमा ठेक्का लागेको छ । उनीहरू बारम्बार दुतावास छिरिरहन्छन् । सयद रिपाेर्टिङ नै हाेला । नभए यसरी बारम्बार अर्काको देशकाे दुुतावास मरिमेटेर धाउनुपर्ने कारण नै छैन ।   यो भन्दा अघि पनि जसपाका अध्यक्ष महन्थ ठाकुरसँग दूतावास पुगेका थिए । त्यतिबेला प्रधानमन्त्रीमा ओलीले नै निरन्तरता पाउने पक्का भएपछि बैशाख ३० गते उनीहरू द्वय दूतावास गएका थिए ।आज पनि राजेन्द्र महतो दुतावासको ढोकामा टुपुल्किए । राजनीतिको हालत खराब भएको बेला प्रभूसँग यसो सोधपुछ गरौं भन्ने पनि होला । नभए यसरी दिन रात दुतावासको चिया नास्तामा किन धाउनुर्पथ्यो र ? नागरिकता पनि अंगीकृत भएका महतो देशको विशेष मन्त्रालयको जिम्मेवारी सम्हाल्दै छन् ।

यस्तोमा उनले भारतले सिकाएको पाठ सिक्नु उपयुक्त ठानेको पनि हुनसक्छ । नत्र किन जान्छन् त महतो र महन्थ भारतीय दुतावासमा दिनरात ? मधेसी नेताहारु प्रायः गरी मधेसीलाई हेपियो, मधेसीलाई चेपियो भन्ने गर्दछन् । मधेसीको सान बचाउने काम भने मधेसका नेताहरुले गरेका छैनन् । चाहे नाकाबन्दीको समय होस् चाहे अन्य बेला सीमाको तगारोमा बसेर तल्चा मार्ने काम मधेसी नेताहरुले गर्दै आइरहेका छन् । यस्तैमा महन्थ ठाकुर र राजेन्द्रको भूमिका शंसयको घेरामा रहनु नौलो होइन । भारतीय दुतवासमा भात खाने निम्ता मान्न गएका हुन् भने अर्कै कुरा नभए एउटा र्पाटीको नेताले भारतीय दुतावास धाइरहनुको अर्थ के होला ?