पार्टी फुटाउन माधव नेपाललाई उक्साउँदै बामदेव

काठमाडौं । २०५५ सालमा नै पार्टी फुटाएर चर्चामा रहेका  नेकपा एमालेका नेता वामदेव गौतमले पुनः पार्टी फुटाउनको लागि   नेता माधवकुमार नेपाललाई उचालिरहेको बुझिएको छ । माधव कुमार नेपालले पार्टी नै विभाजनको चाहना राखेको खण्डमा  बामदेव गाैतमले साथ दिने बताइसकेको माधव कुमार नेपालले बताएपछि पार्टीभित्र हल्लाखल्ला मच्चिएको छ ।  नेता नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध विच्छेद गरे साथ दिने बताउँदै आएका गौतमले बिहीबारको एक भर्चुअल छलफलमा पनि आफ्नो पुरानै कुरा दोहोर्‍याएपछि बामदेव पार्टी तोड्नकै लागि अग्रसर रहेकाे नेताहरू बताइरहेका छन् ।  गौतमले बिहीबार राजनीतिक विश्लेषक, बुद्धिजीवी र कार्यकर्तासंग भर्चुअल छलफल गरेका थिए। छलफलमा सहभागी एक बुद्धिजीविका अनुसार नेता गौतमले ओलीलाई साथ दिन नसकिने बताएका छन्।

ओलीले फेरि पनि प्रतिनिधि सभा विघटन गरेर एकपछि अर्को गर्दै प्रतिगमन निम्याएकाले साथ दिन नसक्ने नेता गौतमको भनाइ थियो। ‘केपी कमरेडले एकपछि अर्को गर्दै प्रतिनिधि सभा विघटन गरेर प्रतिगमनको यात्रामा हुनुहुन्छ। त्यस्तो अवस्थामा उहाँलाई साथ दिन सक्दिन,’ गौतमको भनाइ उद्धृत गर्दै भर्चुअल छलफलमा सहभागी ती बुद्धिजीविले भने, ‘माधव कमरेड कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भनेर हस्ताक्षर गर्दै हिड्नु भएको छ। यस्तो अवस्थामा दुवै जनालाई साथ दिन सक्दिन। यदि माधव कमरेडले आँट गरेर पार्टी विभाजन गरे त्यसमा मेरो पूर्ण साथ समर्थन हुन्छ।त्यो मैले भनिसकेको छु। आफ्नो बचनबाट दायाँबायाँ हुन्न।’  नेपालले छुट्टै पार्टी बनाएर विचार मिल्नेसँग चुनावी मोर्चाबन्दी वा कार्यगत एकता गरेर जान सकिने गौतमले तर्क छ। ओलीसँग सम्बन्ध विच्छेद गरेर माओवादीसँग एकता गर्दा राम्रो नहुने भएकाले तत्काल छुट्टै पार्टी बनाएर मोर्चाबन्दी गर्दा राम्रो हुने गौतमको भनाइ छ।