नेपालबाट भारततिर नेपालीको लर्को

काठमाडाैं । सुदूरपश्चिमका सीमा नाकाबाट कोरोना महामारीमै दैनिक ७–८ सय नेपाली भारत पसिरहेका छन्। त्यसकै हाराहारीमा नेपाल फर्किरहेका पनि छन्। नेपाल–भारत सीमा क्षेत्रमा राखिएको तथ्यांकअनुसार जेठ ११ पछि भारत पस्ने र फर्किनेको संख्या बराबरी हुन थालेको हो।  ‘भारत जाने नेपालीको संख्या दिनदिनै बढिरहेको छ। कुनै दिन त आउनेभन्दा जानेको संख्या बढी हुन्छ’, गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेशबहादुर साउदले भने।  जेठ ११ यता भारतबाट फर्किनेको संख्या ६ हजार ५ सय ५७ रहेकोमा भारत पस्नेको संख्या त्यसको केही कम ६ हजार २ सय छ। जबकि त्यसअघिको पाँच दिनको मात्रै तथ्यांक (जेठ ५ गतेदेखि १० गतेसम्म) नेपाल फर्किनेको संख्या ३ हजार ८ सय ८१ थियो। १ हजार ६ सय ५४ जना मात्रै भारत गएका थिए । अन्नपूर्णपोष्ट दैनिकबाट ।