काठमाडाैं । सरकारले खोप खरिद प्रकृया र अनुदान पाउने कुरामा जतिसुकै फूर्ति गरे पनि यो अन्योलमै बितिरहेको छ । सरकराले चालेका कदम त्यति भरपर्दो देखिएको छैन भन्दा अनुचित हुँदैन । विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका, बेलायतलगायत देशले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि परिणाम शून्य छ । ती देशले खोप उपलब्ध गराउने मिति र समय अझै घोषणा गरिसकेका छैनन् । पछिल्लोपटक चीन सरकारले मात्रै १० लाख मात्रा भेरोसिल खोप उपलब्ध गराएको छ । खोप लगाउन पाउने आशामा रहेका आमनागरिक प्रताडितसमेत बनेका छन् । त्यस्तै, खरिद प्रक्रियामार्फत खोप ल्याउन सरकारले पहल गर्दै सम्बन्धित देशमा पत्राचार गर्दासमेत ठोस जवाफ आएको छैन ।
सरकारले खोप खरिद र अनुदान पाउने कुरामा फूर्ति गर्नु बेकार
जेष्ठ २५, २०७८
Add Comment