जुम्ला कारागारका एक कैदी कोरोनाले बिते

जुम्ला  । जुम्ला कारागारमा रहेका एक जना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएपछि जुम्ला कारागार चिन्तामा डुबेको छ । । जुम्ला तिला गाउँपालिका-१ का ७६ बर्षीय पुरुषको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा सोमबार मृत्यु भएको जुम्लाबाट खबर प्राप्त भएको छ । मृतकमा कोरोना पुष्टि भएका कारण अन्य बन्दीहरूमा पनि कोरोना संक्रमणको भय यथावत् रहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रवक्ता डा रमेश भट्टराइका अनुसार दुइदिन देखि आईसीयुमा उपचाररत कैदीको मृत्यु भएको हो। हालसम्म जुम्लामा कोरोना संक्रमणका कारण मृत्युको संख्याको ३ पुगेकोे छ। बाहिरी जिल्लाका समेत गर्दा ६ जना संक्रमितको जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।