जर्मन सरकारले दियो नेपाललाई ६२ वटा भेन्टिलेटर सहयोग

काठमाडाैं । जर्मन सरकारले नेपाललाई ६२ वटा भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य सामग्री अनुदानमा दिएको छ । कोरोना महामारी नियन्त्रणका लागि सहयोगस्वरूप जर्मनले दिएको स्वास्थ्य सामग्री आज काठमाडौं आइपुगेको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि जर्मनका राजदूत रोल्यान्ड शेफरले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

जर्मनले ६२ वटा भेन्टिलेटर, २७ हजार ५०० एफएफपी-२ मास्क, ३० हजार सर्जिकल मास्क, १०० गम बुट, २०० बडी ब्याग, पाँचवटा आइसोलेसन सेन्टर टेन्ट र २५ हजार लिटर डिसइन्फेक्टेन्ट सहयोगस्वरुप प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।