काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किँदै गएपछि दोस्रो पुस्ताका नेता मिलनबिन्दु खोज्न तीव्र दौडधूपमा छन् । शीर्ष नेता आआफ्नो अडानमा अडिग भएपछि पार्टी एकताका लागि सक्रिय दोस्रो पुस्ताका नेताले विभिन्न प्रस्तावमाथि छलफल गरिरहेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व महासचिव माधवकुमार नेपालबीचको विवादका कारण पार्टी विभाजन संघारमा पुगेपछि दोस्रो पुस्ताका नेता मिलाउने प्रयासमा छन् । केन्द्रमा देखिएको विवाद आगोझैँ प्रदेशदेखि स्थानीय तहसम्म पुगिसकेकाले त्यसको नोक्सानी प्रत्यक्ष रूपमा पार्टी र शीर्ष नेताले नै भोग्नुपरेको छ ।
के सम्भव छ युवा नेताको पहलले एमाले एकता ?
जेष्ठ २८, २०७८
Add Comment