बाबा रामदेव र बालकृष्ण एलोपेथिकतिर कुदे सर्वसाधारण रामदेवको औषधि सेवन गर्दै मर

काठमाडाैं । भारतीय बाबा रामदेव एलाेपेथिकको विरोध गरिरहन्छन् । उनी जनतालाई एलोपेथिक औषधि प्रयोग नगर्न भनिरहन्छन् । उनी जनतालाई एलोपेथिक औषधिकाप्रति नकारात्मक भ्रम छरी पतञ्जलीको औषधि प्रयोग गर्न यसकारण सुझाव दिन्छन् कि उनलाई व्यापार गर्नु छ । आफू बिरामी हुँदा महंगा हस्पिटलको सहारामा पुग्ने बाबा पतञ्जलीका औषधि बेच्न अनेक बहाना बनाइराख्छन् । आचार्य बालकृष्ण पनि बिरामी भएर छटपटिँदा महंगा हस्पिटल पुग्छन् । उनलाई आफ्नो कम्पनीको विश्वास छैन । उनीहरुको चाल भनेको व्यापार गर्नु हो । उनीहरु पतञ्जलीको नाममा यस्तो धन्दा चलाइरहेका छन् जसले जनतालाई मूर्ख बनाउने काम गर्छन् ।

औषधिको कामबाट सुरू भएको बाबा रामदेव र बालकृष्णको व्यापार हाल घिउ, दुध, दही, पनिर, आँटासम्म पुगिसकेको छ । जसमा देशी शब्द प्रयोग गरिएको हुन्छ । उनीहरुले यस्ता दवाइहरुको नाम राखेका छन् जो संसारका अति मुर्ख मान्छेले मात्र किन्छ । सन्तानोत्पत्ति दावइ देखि लिएर पुत्रोत्पादक औषधिसम्म उनीहरुको व्यापार भइसकेको छ । जबकी रामदेव नै निसन्तान छन् । बालकृष्णको पनि सन्तानको अतापता छैन ।

भारतका गाउँहरुमा पतञ्जलीको नामका सोझा जनताको जमीन हडप्ने काम भइरहेको पनि बाहिर आइसकेको छ । भारतको सरकारले यिनीहरुलाई कारबाही गर्न सकिरहेको छैन । पतञ्जलीले कोरोनाको दवाइ भन्दै कोरोनिल नामको भ्याक्सिन बनाएको थियो । जसको लन्च कार्यक्रममा भारतका स्वास्थ्यमन्त्री गएर दुनियाँ हँसाउने काम गरिएको थियो । जसलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएन । स्वयं रामदेवले पनि कोरोनिल लगाएनन् बल्की उनी अहिले बजारमा आएको एलोपेथिक भ्याक्सिन लगाउन तम्सिएका छन् ।

हरेक दिन डाक्टर र वैज्ञानिकलाई गाली गरी नथाक्ने रामदेव मरिन्छकी भन्ने डरले एलोपेथिक भ्याक्सिन लगाउन तम्सिएका हुन् । आयुर्वेदको नाममा धन्दा चलाएका बाबा रामदेवले यो पटक यो प्रमाणित गरेका छन् कि म पतञ्जलीको नाममा जनतालाई लुटिरहेको छु । यिनीहरु आयुर्वेदको आ पनि जान्दैनन् भन्ने कुराको ज्वलन्त उदाहरण हो यो । साँच्चै आयुर्वेद जानेका आर्यभट आदि विद्वान् आज भारतमा रहन्थे भने बाबा रामदेवलाई गालामा चड्कन् हान्ने थिए । केही समय अघि बाबा रामदेवको पतञ्जली नामको ठग संस्थाले विष निरोधक दावाइ बनाएको थियो । जबकी आचार्य बालकृष्णलाई कुनै कारण्वश खानामा विष पर्न जाँदा भने देशकै ठूलो अस्पतालमा भर्ना गरिएको सबैको आँखा अगाडिको दृश्य छँदै छ । अहिले यसो भन्न मन लागेको छ बाबा रामदेव र बालकृष्ण एलोपेथिकतिर कुदे सर्वसाधारण रामदेवको औषधि सेवन गर्दै मर ।