पदमुक्त मन्त्रीहरू प्रम निवासमा

काठमाडौं । सर्वोच्च अदालतले पदमुक्त भएका मन्त्रीहरू  प्रधानमन्त्रीनिवास बालुवाटारमा भेला भएका छन् । उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका हुन् ।  

संसद विघटन र चुनाव घोषणापछि गरिएको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पछिल्लो मन्त्रिपरिषद विस्तार बदर गर्दै अन्तरिम आदेश दिएको थियो । 

पदविहीन भएका मन्त्रीहरूमध्ये केही सरकारी गाडी चढेरै बालुवाटार पुगेका छन् भने केही मन्त्रीहरू सरकारी गाडी थन्क्याएर निजी गाडीमा बालुवाटार पुगेका हुन् ।