दोस्रो पटक देउवा सरकारको मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्री परिषद् विस्तार भएपछि दोस्रो बैठक बस्न लागेको हो । दिउँसो २ बजेबस्नेगरि देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । यो देउवा नेतृत्वको सरकारको दोस्रो बैठक हो । यसअघि प्रधानमन्त्री नियुक्त भएसँगै सोमवार नै मन्त्रिपरिषद् बैठक बसेको थियो ।