ओली झनै उग्र भए मिल्ने छाँट छैन : विरोध खतिवडा

काठमाडौं । एमाले अध्यक्ष एवं भखैरै प्रधानमन्त्रीबाट हटेका केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु अनुपस्थित हुने भएका छन्।

ओलीले भोली शुक्रबार तीन बजे बानेश्वरस्थित संसद भवनम संसदीय दलको बैठक बोलाएका छन्। नेपाल पक्षका सांसद विरोध खतिवडाले आफूहरु बिना छलफल, बिना आधार उक्त बैठकमा सहभागि हुने कुनै पनि सम्भावना नभएको बताए।

उनले सर्वोच्चको फैसलापछि पार्टी एकताका लागि कुनै पनि प्रयास नभएको बरु ओली झनै उग्र भएको अवस्थामा उनले बोलाएको बैठकमा नजाने बताए।

ओलीले भोली नेपाल पक्षका सांसद अनुपस्थित रहे उनीहरुको सांसद पद निलम्बन या रद्द गर्ने सम्भावना छ। तर ओलीले त्यसो गरेको खण्डमा नेपाल पक्षका सांसद ओलीको निर्णयविरुद्ध सर्वोच्च जाने सम्भावना छ।