प्रदेश २ मा माओवादी केन्द्र सरकारमा सहभागी, नेपाली भाषामा शपथ ग्रहण

जनकपुर । संघ सरकार परिवर्तनसँगै त्यसको प्रभाव प्रदेश सरकारका पनि परेको छ । प्रदेश नम्वर २ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएपछि संघको प्रभाव प्रदेशमा परेको भन्ने कुरा पुष्टि भएको छ ।

प्रदेश नं २ मा शनिबार माओवादीबाट मन्त्री भएका भरतप्रसाद साह र रुवी कर्णले पद तथा गोपनीयताको सपथ लिएका छन् । आन्तारिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका साहलाई प्रदेश प्रमुख राजेश झा अहिराजले शपथ ग्रहण गराएका छन् भने राज्यमन्त्री बनेकी कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका छन् । कर्णलाई पनि आन्तारिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीद्वयले शहीदको नाममा सपथ लिएका छन् ।

नेपाली भाषमा शपथ

नेकपा माओवादी केन्द्रबाट प्रदेश नं २ मा मन्त्री भएका मन्त्रीद्वयले नेपाली भाषामा सपथ लिएका थिए । मातृ भाषामा शपथ लिनका लागि कानून नभएको भन्दै उनीहरुले नेपाली भाषामा शपथ ग्रहण गरेका हुन् ।