देउवाले विश्वासकाे मत पाउने सम्भावना बढी

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले एक्लै भए पनि उवाको पक्षमा मतदान गर्ने बताएसँगै एमालेमा खलबल छाएको छ । माधव नेपालले ओलीको दाउ पेलेरै जाने भएको बुझेपछि यस्तो निर्णय लिएका हुन् । पार्टीमा एकलोटी ढंगले चलेका ओलीको नेता नेपालले यस्तो निर्णय लिएपछि दाल नगल्ने भएको छ । यसले देउवाले विश्वासको मत पाउने सम्भावना बढेर गएको छ ।

यता एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध नगरी बेग्लै हिँड्न चाहेको प्रष्ट भएको बताएका छन्। पार्टीको स्थायी कमिटी बैठकपछि कुरा गर्दै ज्ञवालीले पार्टीको एकता प्रक्रिया जारी राख्न प्रधानमन्त्री देउवाको विपक्षमा मतदान गर्न पार्टीले आग्रह गर्दा नेपालले एक्लै भएपनि देउवाको पक्षमा मतदान गर्ने बताएका थिए। नेपाल पार्टीमा नफर्किने प्रष्ट भएको समेत ज्ञवालीले बताए।