राष्ट्रपतिद्वारा ओलीले बलजफ्ती ल्याएको अध्यादेश खारेज

काठमाडौं । ओलीले ल्याएको संवैधानिक परिषद सम्बन्धि अध्यादेश देउवाको सिफारिसमा खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद खारेज गरेकी हुन् । राष्ट्रपतिले संवैधानिक परिषदको (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८ खारेज गरेकी हुन् ।

संवैधानिक नियुक्तिमा आफूले चाहेका व्यक्तिलाई निर्वाध रुपमा चयन गर्न सहज बनाउँदै ओलीले यस्तो अध्यादेश जारी गरेका थिए। संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामुख अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था थियो।

त्यसलाई छल्न ओलीले उपस्थित संख्याका आधारमा बैठक बस्नसक्ने र निर्णय गर्न सक्ने गरी अध्यादेश राष्ट्रपति मार्फत् लागू गराएका थिए। त्यसैका आधारमा ओलीले विभिन्न संवैधानिक निकायमा नियुक्तिसमेत गरेका थिए। प्रतिपक्षी दलका नेता तथा सभामुख अनुपस्थित हुँदाहुँदै पनि नियुक्तिहरु भएका थिए।