यो सरकारबाट पनि जनतालाई धेरै आशा छैन : थापा

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धनबाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको बताएका छन् ।

राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले शान्ति, स्थिरता र समृद्धिको जनताको आशा विपरीत धर्म परिवर्तन, विदेशी चलखेल र भ्रष्टाचार व्याप्त भएकाले जनतामा निराशा र आक्रोश रहेको बताए । गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमूलक ढंगले लादिएको उनले दाबी गरेका छन् ।