नागरिकले विदेशमा लाश भएर पठाएको रेमिट्यान्सले कहिलेसम्म सरकार पाल्ने ?

काठमाडाैं । नेपाली नागरिक दिनदिनै विदेशमा मरिररहेका छन् । नेपाली राजनीतिज्ञहरू भने सत्ताको लुछाचुँडीँमा रमाइरहेको देखिन्छ ।

देश पाल्न रेमिट्यान्सको खोलो बगाउन खाडी मुलुक लगायत देशबाट नागरिकका शवहरू बाकसमा प्याक भएर फर्किरहे पनि यसमा कुनै पनि राजनीतिक पार्टीले चासो लिएको पाइँदैन ।

गुरू पूर्णिमाको उत्सव चलिरहँदा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ। विमानस्थलमा यी शवहरू झर्दा बन्धुबान्धवको आँखा टिल्पिलाइरहेको देखिन्थ्यो ।
    
निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो।

वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ।

एकपटक केपी ओलीको सरकार रहँदा उनले नागरिकको लाशमाथि राजनीति पनि गरेका थिए । उनी अफगानस्तानमा मारिएका नेपालीको शव बुझ्न त्यहाँ पुगेका थिए । त्यसपछि उनको कार्यकालमा पनि धेरै नागरिकको शव विदेशबाट नेपाल आइपुग्यो । त्यसमा ओली सरकार मौन प्रायः बस्यो ।

अहिले देउवा नेतृत्वको सरकारले पनि यस्ता घटनालाई नजरअन्दाज गरेको छैन । पहिले नै चारपटक प्रम हुँदा पनि उनको सरकारले यस्तो कुरामा कुनै चासो राखेको थिएन । यस्तोमा अब प्रश्न उठ्छ नागरिकले विदेशममा लाश भएर पठाएको रेमिट्यान्सले कहिलेसम्म सरकार पाल्ने ?