राजिनामाको नाैटंकीपछि रावल प्रचण्डलाई एमाले ढाल्न खोजेको आरोप लगाउँदै

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रचण्डले एमाले ढाल्न खोजेको र शेरबहादुर देउवासँग स्वाधीनताका विषयमा कुरा गर्ने मौका नदिएको बताएका छन् । यसअघि रावलले राजिनामा दिने र फिर्ता लिने नाैटंकी रचेका थिए । स्वयंले देउवालाई प्रधानमन्त्री बनाउन भन्दै हस्ताक्षर गरी उनी त्यो निर्णयबाट पछि हटेका थिए ।

पहिले काँध जोडेर माओवादी केन्द्रका नेताहरूसँग हिँडेका रावलले अहिले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

शनिबार बिहान एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले ‘भीम रावल नपत्याउँदो ढंगले ढलेको’ भनेर बताएका थिए ।  त्यसको जवाफमा रावलले कडा वक्तव्य निकाल्दै ‘प्रचण्डले एमाले ढाल्न खोजेको र शेरबहादुर देउवासँग स्वाधीनताका विषयमा कुरा गर्ने मौका नदिएको’ बताएका हुन् । 

प्रचण्डको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रावलले ‘एमाले विभाजन गर्न खोजेको’ आरोप लगाएका छन् ।

रावलले शनिबार राति विज्ञप्ति जारी गर्दै ‘गठबन्धन सबैको आ-आफ्नो स्वार्थमा बनेको थियो’ भनेका हुन् ।