राज कुन्द्रा गहना बशिष्ठको केससँग जोडिए

एजेन्सी । अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा हाल कठघरामा छन् । पोर् फिल्म बनाउने गरेको अभियोगमा उनी प्रहरीको कठघरामा पुगेका हुन् । यसैबीच अनुसन्धानका क्रममा उनका विषयमा नयाँ जानकारी सार्वजनिक भएको छ । 

मुम्बई क्राइम ब्रान्चलाई कुन्द्राले बेलायतमा दर्ता गरिएको केनरिक कम्पनीसँग आफ्नो कुनै साइनो नभएको बताउँदै आएका थिए । केनरिनका निर्देशक आफ्ना नातेदार प्रदीप बख्शी भएको उनले भनेका थिए । तर प्रहरीले कुन्द्राको ह्वाट्सयाप च्याट विश्लेषण गर्दा उनी पनि केनरिनमा पार्टनर भएको पत्ता लागेको छ । 

केनरिनबाट नै पोर्न भिडियोहरू अप्लोड गरिने गरेको थियो । ती भिडियो मुम्बईमा रहेको कुन्द्राको भियान इन्डस्ट्रीज कम्पनीबाट लन्डन पठाइने गरिन्थ्यो । भियानको एक निर्देशक शिल्पा शेट्टी पनि थिइन् र उनले यसै वर्ष निर्देशक पदबाट राजीनामा दिएकी थिइन् । 

कुन्द्राको नाम उनकै कम्पनीका प्रबन्ध निर्देशक ऋमेश कामतले लिएका थिए । कामतलाई फेब्रुअरी महिनामा पक्राउ गरिएको थियो । उमेशलाई पक्राउ गर्नुअघि क्राइम ब्रान्चले अभिनेत्री गहना वशिष्ठलाई समातेको थियो । त्यसपछि घटनाको पत्रपत्र उप्किँदै गयो । 

कुन्द्राको केसमा गहना महत्त्वपूर्ण कडी हुन् । उनी पक्राउ परेपछि यस केसमा फरार आरोपित यश ठाकुरले उमेश कामतलाई कैयौं ह्वाट्सयाप च्याट गरेका थिए । तिनको सार भनेको जति भए पनि गहनालाई प्रहरी हिरासतबाट बाहिर निकाल, नत्र उसले सबैको पोल खोलिदिन्छे भन्ने हो ।  त्यो च्याट अहिले लीक भएको छ ।