गृह प्रवक्तामा फणिन्द्रमणि पोखरेल

काठमाडाैं । गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव फणिन्द्रमणि पोखरेलले जिम्मेवारी पाएका छन् । 

कारागार व्यवस्थापन विभागका महानिर्देशक रहेका पोखरेललाई प्रवक्ता जिम्मेवारी दिएको हो । 

उनलाई प्रवक्ताका साथै शान्ति सुरक्षा महाशाखाको प्रमुखको जिम्मेवारीसमेत दिइएको छ । 

शुक्रवारको निर्णयले पोखरेललाई प्रवक्ता र हाल प्रवक्ता रहेका जनकराज दाहाललाई कारागार व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ । 

तराई र पहाडका ७ वटा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीसमेत सम्हालिसकेका पोखरेललाई अब्बल प्रशासकको रुपमा लिइन्छ ।