छोराको कुटाइबाट बाबुको मृत्यु

इलाम । आफ्नै छोराको कुटाइबाट बाबुको मृत्यु भएको छ। इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको छोराको कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

३४ वर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण साउन ७ गते बुबालाई कुटपिट गरी घाइते बनाएका थिए। घाइतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घरतर्फ फिर्ता ल्याउने क्रममा आइतबार राति मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयले कुटपिट गर्ने गिर्जमानलाई पक्राउ गरी अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिररहेको छ ।