संघीयता र धर्मनिरपेक्षता किन चाहियो ? : रविन्द्र मिश्र

काठमाडाैं ।विगतकै दिनमा राजतन्त्रको वकालत गर्दै हिँडेका विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव गरेका छन् । 

उनले विगतका दिनमा नै राजतन्त्रको वकालत गर्दै हिँडेका थिए । विभिन्न छद्म नामबाट जनआन्दोलन चलिरहेका दिनमा पनि राजतन्त्रको वकालत गर्दै आर्टिकल लेख्ने गरेका थिए । ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ नामक दस्तावेजमार्फत मिश्रले आफ्नो प्रस्तावलाई छलफलका लागि बाहिर ल्याएका हुन् ।

उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गरेका हुन् । उनले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत बनेको, नेपालको अखण्डताका लागि पनि घातक बनेको र नेपालका प्रमुख संस्थाहरुलाई क्षयीकृत गर्ने अर्को कडी भएको जिकिर गरेका छन् ।